लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा बस्नेत
देउखुरी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा गृहजिल्ला दाङका जानकीलाल बस्नेतलाई नियुक्त गरेका छन्।
दाङको राजपुर गाउँपालिका–७ निवासी बस्नेतलाई राज्यमन्त्रीसरह सुविधा दिनेगरी मुख्यमन्त्री चौधरीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन २०७५ को दफा १० तथा अनुसूची २ बमोजिम भदौ ३१ गतेदेखि लागू हुने गरी बस्नेतलाई सल्लाहकार पदमा नियुक्त गरिएको हो। बस्नेतले आइतबार मुख्यमन्त्री कार्यालयमा पदभार ग्रहण गरेका छन्।
२०७४ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा दाङ प्रदेशसभा (२) बाट उम्मेदवार बनेर पराजित भएका बस्नेत हाल कांग्रेस महाधिवेशन प्रतिनिधि छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment