एमाले बागमती अधिवेशन दुई दिन लम्बियो, आजबाट निर्वाचन प्रक्रिया सुरु

डिसी नेपाल
१० असोज २०८० ७:१९
88
Shares

काठमाडौं। नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिएको छ। बागमती प्रदेशको भावी नेतृत्वमा सहमति हुन नसक्दा प्रदेश अधिवेशन लम्बिएको हो।

जसका कारण हिजो सम्पन्न हुनु पर्ने अधिवेसन दुइ दिन बढी लम्बिन पुगेको हो। जसअनुसार आजका लागि निर्वाचन कार्यतालिका सार्बजनिक भएको छ।

गत ८ गते सुरु भएको अधिवेसन ९ गते सम्पन्न गर्ने भनिए पनि अब अधिवेसन ११ असोजसम्म चल्नेछ। निर्वाचन समितिले असोज १० र ११ गतेको निर्वाचन कार्यतालिकाको बारेमा जानकारी दिएपछि दुई दिन बढी लम्बिएको हो।

जसअनुसार निर्वाचन कार्यक्रम आज बिहान ८ बजेदेखि सुरु हुनेछ। तालिकाअनुसार बुधबार बिहान ९ बजे अन्तिम मतदाना नामवली प्रकाशन हुनेछ भने ९ देखि ११ बजे उम्मेदवारी मनोनयन गरिनेछ। दिउँसो ४ बजे उम्मेदवारी फिर्ता लिने समय छुटाएको निर्वाचन समितिले साँझ ५ बजे मात्रे उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन गर्ने जनाइएको छ।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बाग्मती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने छ भने सोही दिन निर्वाचित प्रतिनिधिको नतिजा प्रकाशन पर्ने गर्ने जनाईएको छ। जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन्।

बन्द सत्र नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको बाग्मती एमालले निर्वाचनको सम्पूर्ण प्रक्रिया भने च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा गर्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.