एमाले बागमती प्रदेश अध्यक्षका लागि पाँच जनाको उम्मेदवारी

डिसी नेपाल
१० असोज २०८० १९:१९
68
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटी अध्यक्षमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ।

रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव राज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा छन्। त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल छन्।

उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ। सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन्।

यस्तै सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन्।

उपसचिवमा खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.