सूचनाको हक प्रजातन्त्रको अभिन्न अंगः सभामुख घिमिरे

डिसी नेपाल
११ असोज २०८० १६:१८
12
Shares

काठमाडौं। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सूचनाको हक प्रजातन्त्रको अभिन्न अंग रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका छन्।

सूचनाको हकका लागि राष्ट्रिय महाससंघले बिहीबार काठमाडौंमा आयोजना गरेको प्रथम राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै सभामुख घिमिरेले सार्वजनिक निकायलाई जनउत्तरदायि बनाउनका लागि सूचनाको हक महत्वपूर्ण र प्रजातन्त्रको अभिन्न अंग पनि रहेकाले यसलाई बलियो बनाउदै लैजानुपर्नेमा जोड दिएका हुन्।

संविधानले व्यवस्था गरेको कुराहरुलाई कानूनी रुप दिनुपर्ने धेरै काम बाँकी रहेको अवस्थामा कानूनमा रहेका व्यवस्थालाई पनि सदूपयोग गराउन सूचनाको हक महत्वपूर्ण रहेको उनले बताए। त्यस्तै सभामुख घिमिरेले मुलुकलाई उन्नतीको दिशातर्फ उन्मुख गराउन सार्वजनिक निकायहरुले पारदर्शी ढंगले काम गर्नका लागि सूचनाको हकले प्रेरित गरेको जिकिर गरे।

कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले सुशासनमा सूचनाको हकको महत्वपूर्ण भूमिका हुने भएकाले नागरिकलाई सचना दिनुपर्छ भन्ने सोच राज्य पक्षमा अझै बलियो हुन आवश्यक रहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *