एमाले बागमती प्रदेशकाे भावी नेतृत्वका लागि आज मतदान हुँदै

डिसी नेपाल
१२ असोज २०८० ७:२४
44
Shares

काठमाडौं। नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्वका लागि आज मतदान हुँदैछ। अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिएपछि आज निर्वाचन हुन लागेको हो। निर्वाचन च्यासल, ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालयमा हुनेछ।

अध्यक्षका लागि रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव पाण्डेले उम्मेदवारी दर्ता गराएका थिए। तर, अब ढुंगेल र दाहाल बीच मात्रै प्रतिस्पर्धा हुने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिका अनुसार ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा बचन देउजा छन् भने मकवानपुरका दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन्।

बिद्युतीय मतदानवाट नेतृत्व चयन गर्न लागेको बागमती एमालेले असोज ११ गते बिहीबार बिहान ११ बजेबाट मात्रै मतदान सुरु गराउने भनिएकाे थियाे। तर, सहमतिकाे प्रयासका लागि हिजाे मतदान गराएकाे थिएन। जारी अधिवेशनमा ११७४ जना मतदाता रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *