विमल घर्ती मगरले देश छाडे
काठमाडाैं। नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्ती मगरले देश छाडेका छन्। शुक्रबार बिहान उनी अस्ट्रेलियाका लागि प्रस्थान गरेका हुन्।
उनले नेपाली राष्ट्रिय टिमबाट सन् २०१२ मा १४ वर्षको उमेरमा डेब्यू गरेर चर्चा कमाएका थिए। सन् २०१३ को साफमा १५ वर्षको उमेरमा राष्ट्रिय टिमका लागि गोल गर्दै उनी नेपालका लागि गोल गर्ने कान्छा खेलाडी बनेका थिए।
पछिल्लो समय नेपाली फुटबलका एक दर्जनभन्दा बढी खेलाडी अष्ट्रेलिया पलायन भइसकेका छन्। यसअघि स्ट्राइकर दीपकराज सिंह ठकुरी, पुजन उपरकोटी, रविशंकर पासवान र निशान खड्का अस्ट्रेलिया गइसकेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment