७८ वर्ष भएका सभापतिलाई दोष दिने हैन, आफु कांग्रेस बनाउन लाग्नुहोस् : मुख्यमन्त्री पाण्डे

डिसी नेपाल
१२ असोज २०८० १९:२८
56
Shares

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कांग्रेस बनाउन नयाँ पुस्ताका नेताहरु परिर्वतन भएर लाग्नुपर्ने बताएका छन् ।

‘अब ७८ वर्ष भएका शेरबहादुर देउवा (सभापति जि) लाई परिर्वतन गर्छु र कांग्रेस बनाउँछु भन्ने भन्दा पहिले ५९ वर्षको शुरेन्द्र पाण्डे, ४६ वर्षका गगन थापा र ३८, ४० का अन्य नेता अझै धेरै परिर्वतन हुनुप¥यो’ शुक्रबार नेपाली कांग्रेस गोरखा नगर समितिले आयोजना गरेको नगर सम्मेलनमा उनले भने ।

नगर सभापति चन्दनबाबु खत्रीको अध्यक्षतामा भएको सम्मेलनमा बोल्ने नेता कार्यकर्ताहरुले गते स्थानीय निर्वाचन, टिकट वितरण लगायतको कुरा गरेपछि मुख्यमन्त्री पाण्डेले भने ‘अर्को चुनाव आउने बेला भईसक्यो, ३ वर्षपछि अर्को चुनाव हुन्छ, हामी हिजोको टिकट किन छुट्यो भने रोईकराई गरिरहेका छौँ, यो कहिले सम्म गरिरहने ?’ यही रोदनमा हुने हो भने अर्को पटक पनि चुनावको टिकट छुट्न सक्ने बताउँदै उनले आगामी निर्वाचनमा कसरी टिकट लिने र जित्ने भन्ने तर्फ लाग्न सुझाव दिए । ‘हिजो भएको हाम्रा कमिकमजोरीलाई ‘करेक्सन’ गरेर अघि बढ्ने हो’ उनले भने ।

प्रत्येक नेता कार्यकर्तालाई आफु भन्दा माथिल्लो तहका नेताले केही गरेनन् भन्ने लाग्ने गरेको बताउँदै पाण्डेले भने ‘आफु मात्र असल देख्ने हाम्रो प्रवृत्ती खराब छ, हरेकले खराब प्रवृत्ती बदल्यौँ भने को खराब, को असल भनेर अलमलीनु पर्दैन ।’ वडा सभापति देखि केन्द्रीय सभापतिसम्मको अधिकार विधानमा लेखिएको बताउँदै उनले हरेक नेता कार्यकर्ताले आफ्नो जिम्मेवारी पुरा गर्ने हो भने कांगे्रसको संगठन सुदृढिकरण र विस्तार हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, गण्डकी प्रदेशका महामन्त्री किरणबाबु श्रेष्ठ, गोरखा १ का सांसद राजेन्द्र बजगाई, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, महासमिति सदस्य राजनराज पन्त लगायतले प्रशिक्षणमुलक धारणा राखेका थिए ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.