एमाले बाग्मतीको मतदान सकियो, नतिजा आजै

डिसी नेपाल
१२ असोज २०८० २०:५४
76
Shares

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीको भावी नेतृत्व चयनका लागि मतदान सकिएको छ । शुक्रबार राति सम्पन्न मतदानमा १ हजार १३१ मत खसेको हो । कुल कुल १ हजार १७२ प्रतिनिधिमध्ये ४१ जना अनुपस्थित रहे ।

मतदानको परिणाम शुक्रबार १० बजेभित्र  आउने भएको छ । अध्यक्ष पदमा कैलाश ढुंगेल र कृष्णप्रसाद दाहालको प्रतिस्पर्धा रहेको छ । अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराए पनि तीनजनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

२४५ पदमध्ये १६२ पदमा भने निर्विरोध निर्वाचित भएका छन् । १६२ पदमा निर्विरोध निर्वाचित हुँदा पदाधिकारीसहित ८३ र लेखा आयोग ७ पदमा निर्वाचन भएका हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.