ठूला दलहरूकै कारण राजनीतिमा आएका हौँ : सभापति लामिछाने

डिसी नेपाल
१३ असोज २०८० २१:५३
12
Shares

घोराही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ठूला दलहरूकै कारण आफूहरू राजनीतिमा आएको बताएका छन् । दाङको घोराहीमा आयोजित कार्यक्रममा उनले २०८४ को निर्वाचनमा आफूहरूको जमानत जफत हुनेगरी जनताको पक्षमा काम गरेर देखाउन चुनौती दिए ।

सभापति लामिछानेले अहिले सरकारले भ्रष्टाचारको फाइल नखोलेर केही पाना पल्टाउने र बन्द गर्ने गर्दै आएको टिप्पणी गरे । जनताको पक्षमा काम गर्न भनेर गएका दलहरू राष्ट्रिय स्वतन्त्र पार्र्टीलाई गाली गर्नमा मात्र समय खर्चिएको उहाँले पार्टीको चिन्ताभन्दा जनताको समस्याका बारेमा चिन्ता लिन सुझाव दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.