कथा : श्री न्वारन

राधिका दाहाल
१४ असोज २०८० ११:०२
192
Shares

कान्छीलाई माइत जान असाध्यै मन लाग्यो। आमाले पकाएका बिभिन्न खाना सम्झिएर उनि कल्पिरहन्थिन्।

पल्ला घरकी जेठानीलाई ‘ए माइली जेठानी, मेरी सासुलाई भनेर मलाई जसरी पनि माइत पुर्‍याइ देउन है। मलाइ आमाले पकाएका चाम्रे र गुन्द्रुक, दहिच्यूरा, आलुको पक्कु, खैपीको अचार, दही, काँक्रो, अनेक अनेक खाना खान मन लागेको छ हौ।’

‘कान्छी यस्ता बेलामा माइत जान्छौ र? झन् तिम्रो त यो पहिलो पाला हो।’

‘जेठानी दिदी तिमीले मेरो कुरा नबुझे कसले बुझ्छ त? मलाई त माइत जान नपाएर अत्यास लागिसक्यो, कुरा मिलाउन है, पेटभरि खान पाए कस्तो हुन्थ्यो होला?’

‘जेठीबजै पुस पनि लाग्यो, बाली नाली पनि थन्क्याएर सकियो, गुन्द्री गजेरा पनि बुनेर सकियो। म त माइत जान लागेकी कान्छी देउरानी पनि जान्छु भन्छिन् नि के गर्ने? आमाका हातले बनाएको खाना खान मन लाग्यो रे।

‘खोला नाला तर्नु पर्छ, हुँदैन यस्ता बेलामा, उचालेको गाँस लागेको महिना?’ के कमी छ र यहाँ?

‘ए जेठी काकी, पठाइ देउ पठाइ देउ, म यिनीहरुलाई नाउ तारी दिएर आउँछु।

‘के भन्छ यो माइलो? कान्छो पनि गोठ लिएर बेंसीमा गएको छ।’ नपठाउँ होला?

‘ए जेठी काकी कान्छाको के कुरा भयो र? तिमीले जे भन्यो त्यही हुने त हो नि यो घरमा।’ कति सोझी है यी कान्छी बुहारी पनि?

‘ए बजै यिनका आँसु ले त मेरो बाटो छेक्ने भयो। फेरि बच्चा र्याले होला नि? म एक हप्तामा फर्किन्छु, कान्छीलाई पनि सँगै लिएर आृउँछु नि, यिनको त रोएरै अपघात हुनेभयो, मलाई त पाप लाग्छ होला?’

‘माइली, लौ त तेरै जीम्मा भयो, राम्ररी ल्याएस्।’

‘माइत पुगेपछि माइलीले भनिन ए बढिआमा कान्छीलाई अब घरमा नपठाउनु है, खानै नपाएर यिनको बिजोक हुन्छ।’

‘जे जस्तो भए पनि अर्काको सिसोपासो माइतमा राख्नु हुँदैन बाबै, आफ्नै घरमा बस्नु पर्छ। तँ जाँदा उसलाई पनि लिएर जानु है, यसलाई मनलागेको खाना म खुवाइहाल्छु नि।’

एक महिनापछि कान्छीले माइतमै छोरो जन्माइन्। नातिको न्वारन गर्न ज्वाइलाई लिन पठाएको तर आएनन्। कान्छीलाई सारै चित्त दुख्यो, न्वारनमा पनि छोराको बाबु नआएकोमा।

सासुले पनि मलाई सधैं काममा मात्र जोताउने, नामकरणको संस्कारमा चै आफ्नो छोरालाई नपठाउने? उनी बरबरी रोइन्। पण्डितले कुशको बाबु बनाएर बच्चाको न्वारन गरे। बच्चा एक महिनाको भएपछि ज्वाई टुप्लुक्क ससुराली पुगे।

‘आमाले बुहारी लिन पठाएको, घरमा कामको बित्तो छ।’

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *