एमालेको कर्णाली प्रदेश अध्यक्षमा गुलाबजंग शाहको जित

डिसी नेपाल
१५ असोज २०८० २१:०८
184
Shares

सुर्खेत । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीमा गुलावजंग शाह विजयी भएका छन्। शाहले तीन सय ६९ मत ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी मीनबहादुर शाहीले दुई सय सात मत प्राप्त गरे। अध्यक्षका अर्का प्रत्याशी प्रकाश रोकायले भने मात्र चार मत प्राप्त गरे।

उपाध्यक्षमा टेकराज पछाई दुई सय ६२ मत ल्याएर विजयी भएका छन्। उनहाँका प्रतिस्पर्धी लालबहादुर महताराले एक सय ७६ मत प्राप्त गरे।

त्यस्तै, प्रदेश कमिटी सचिवमा चार सय छ मत प्राप्त गरी ध्रुवकुमार शाही विजय भएका छन्। उनका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले एक सय ६९ मत प्राप्त गरे।

उपसचिवमा रवीन्द्रराज शर्माले तीन सय मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रत्याशी रमेश शाहीले दुई सय ६६ मत प्राप्त गरे।

महिला उपसचिवमा पद्मा खड्काले एक सय ५२ मत प्राप्त गरी विजयी भइन् भने उनका प्रतिस्पर्धी मेनका पछाईले ९६ मत प्राप्त गरिन्।

उपसचिवमा नौ उम्मेदवारहरु चुनावमा भाग लिएका थिए। प्रदेश कमिटीको प्रथम अधिवेशनमा जम्मा छ सय चार मत खसेको पाँच सय ८० मत सदर र २४ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.