भक्तपुरमा म्याद नाघेका सामान नष्ट

डिसी नेपाल
१७ असोज २०८० ७:००
16
Shares

भक्तपुर। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको कमलबिनायकमा रहेको मिनीमार्ट र खाद्य पसलहरुको मंगलबार अनुगमन गरिएकाे छ।

अनुगमनमा क्रममा लेवल नभएको सामानहरु धेरै भेटाएको संयोजक गोराले बताए। उनका अनुसार अनुगमनमा सर्वशुलभ उपभोक्ता सहकारी मिनी मार्टमा प्याकेजिङ सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्री वितरण गर्न र म्याद नाघेको सामान जफत गरी नष्ट गरिएकाे छ।

उनका अनुसार शिवम् ओम सप्लायर्सलाइ प्याकेजिङ सामानहरु खाद्य अनुज्ञा पत्र लिई लेवल राखी मात्र विक्रीवितरण गर्न, पसल नवीकरण गर्न, मूल्यसूचि राख्न र सबै खाद्य अनुज्ञापत्र विना प्याकेजिङ सामानहरु सबै भएकोले तीन दिनभित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिइएकाे छ भने एस एण्ड एस स्टोरलाइ नवीकरण गर्न, म्याद नाघेको सामानहरु दत्तात्रय खाद्य उद्योगको सोयाबाेडी मस्यौरालगायत जफत गरिएकाे थियाे।

अनुगमनमा कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राशनमैया सुवाल, रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेबी व्याञ्जू, जिल्ला प्रशासन कार्यालयका यादव प्रसाद मिश्र, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बिकास श्रेष्ठ, उद्योग बाणिज्य संघका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सिताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा लगायतका प्रतिनिधिहरु सहभागी थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *