राष्ट्रिय एकता मजबुत बनाउँन सामाजिक एकता कायम गरौं: गृहमन्त्री

डिसी नेपाल
१८ असोज २०८० ७:३९
28
Shares

महाेत्तरी। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीति परिवर्तन र संविधानको रक्षा गर्नु राष्ट्रिय राजनीतिको मुख्य कार्यभार भएको बताएका छन्।

बलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको परिवर्तनलाई भड्काउने चलखेल भएको बताउदै गृहमन्त्री मन्त्री श्रेष्ठले नेपाली जनताको समृद्धिको लागि संघीय गणतन्त्र जरुरत भएको बताएका हुन्।

मधेश प्रदेशको सुरक्षा चुनौतीको विषयमा छलफल गर्न महोत्तरी पुगेका गृहमन्त्री श्रेष्ठले धार्मिक स्वतन्त्रतमा समेत खलल पुर्‍याउने काम भइरहेको बताउँदै बहुजाति, बहुभाषी, बहुधर्म तथा विविधताविचको अनेकतामा गम्भीर समस्याको बिषयमा सरकारको ध्यानाकर्षण भइरहेको बताए।

`धार्मिक मुद्दाहरुमा कहिल्यै द्वन्द्व नभएको मुलुकमा द्वन्द्व निम्त्याउने केही संकेतहरु देखिएका छन्,´ उनले भने, `त्यसैले एकता, सौहार्दता र सहिष्णुतालाई जोगाउने महत्वपूर्ण मुद्दा बनिरहेको छ।´

सामाजिक एकता कायम गरेर त्यस्को जगमा राष्ट्रिय एकता बलियो बनाए मात्र मौलिक मूल्य र संस्कृतिको जगेर्ना हुन सक्ने बताउदै गृहमन्त्री श्रेष्ठले सवैजना गम्भीर हुन पनि अनुरोध गरेका छन्।

सामाजिक सद्भाव र सहिष्णुतालाई कमजोर बनाउने दिशातर्फ नलाग्न र विविधताविचको अनेकतामा गम्भीर बन्न उनले आग्रह गरेका छन्। कमजोर राष्ट्रियताको जगमा सुशासन र सामाजिक न्याय स्थापना गर्न समस्या बन्न सक्नेतर्फ सचेत गराउँदै गृहमन्त्री श्रेष्ठले यसकाे लागि सरकार कानुनको पालना गर्न र गराउन दृढ रहेको पनि जिकिर गरे।

छलफलमा सहभागी मधेश प्रदेशका कार्यावाहक मुख्यमन्त्री कृष्णप्रसाद यादवले गृह मन्त्रालयवाट सुशासन स्थापनाका निमित्त धेरै प्रयास भएको भन्दै प्रशंसा गरेका थिए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.