सिन्धुपाल्चोकमा मन्दिर बनाउन भक्तपुरमा सत्संग

डिसी नेपाल
१९ असोज २०८० ७:०४
240
Shares

भक्तपुर। भक्तपुरको ब्रम्हायणीमा नौ दिन लामो भक्तिमय सत्संग एवं संगीतमय भजन जारी रहेकाे छ। गत बुधबारदेखि सुरु भएको साे सत्संग साउन २५ गतेसम्म जारी रहनेछ।

कार्यक्रमको भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले एक समारोहवीच उदघाटन गरेका थिए। पहिलो दिन कलश यात्रा भएको छ।

ब्रम्हायणीबाट सुरु भएको यात्रा च्याम्हासिंह हुँंदै दतात्रय र त्यहांबाट कमलविनायक हुँंदै पुनः ब्रम्हायणीमै पुगेर सम्पन्न भएको थियो। सत्संगमा प्रमुख वाचक आचार्य श्री सागरजी र संकल्पकर्ता महाकाली राधिका श्री सिन्धु महाकाली माँं रहेका छन् । श्री सिन्धु महाकाली परिवार जैमन थापी नारायण महाकाली मन्दिर व्यवस्थापन समितिको आयोजनामा सत्संग सुरु भएको हो।

सिन्धुपाल्चोक जिल्लास्थित श्री सिन्धु महाकाली दिव्य मन्दिर निर्माण सहयोगार्थ सत्संग कार्यक्रम भएको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *