इजरायलमा ज्यान गुमाएका नेपालीप्रति नेपालका लागि भारतीय राजदूतद्वारा दु:ख व्यक्त

डिसी नेपाल
२२ असोज २०८० २०:२३
32
Shares

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले इजरायलमा आतंकवादी आक्रमणम परी भएको नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन्।

परराष्ट्रमन्त्री एनपी साउदलाई सम्बोधन गरेर पठाइएको पत्रमा उनले इजरायलमा भएको १० नेपाली नागरिकको मृत्युप्रति दुःख व्यक्त गरेका हुन्।

पत्रमा राजदूत श्रीवास्तवले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना पनि व्यक्त गरेका छन्।

उनले यस दुखद् घडीमा नजिकको छिमेकी मुलुकको नाताले भारत नेपालको साथमा रहेको सन्देश पनि दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *