भ्रष्टाचारको स्वरुप फेरिन थाल्यो : प्रमुख आयुक्त राई

डिसी नेपाल
२४ असोज २०८० १७:४१
76
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले भ्रष्टाचार गरेर पैसा अरूलाई लिन लगाउने प्रवृत्ति बढेको बताएका छन्।

आज प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख आयुक्त राईले सार्वजनिक पद धारण नगरेका व्यक्तिलाई घुस लेनदेन गराउने गरिएको भन्दै अनौपचारिक रूपमा लेनदेन गर्नेहरूलाई पनि भ्रष्टाचार गरेको ठहर्ने गरी कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए।

‘भ्रष्टाचारको स्वरूप परिवर्तन भएको छ। भ्रष्टाचार गर्ने पैसा चाहिँ आफूले नलिने प्रवृत्ति बढेको छ। पैसा अरूले नै लिने, सार्वजनिक पद धारण गरेको व्यक्तिले होइन। मानौँ लेखनदासले लिइदिन्छ, उसले कहिले बाँड्छ थाहा छैन। व्यक्तिले लिएका हुन्छन्, उसलाई पक्रेर के गर्नु ? भ्रष्टाचार अन्य माध्यमबाट हुन थालेपछि भ्रष्टाचार कसरी पत्ता लाग्छ ? त्यसैले भ्रष्टाचार नियन्त्रण नै गर्ने हो यस विषयमा पनि सोच्नुपर्छ,’ उनले भने।

मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको सम्बन्धमा स्पष्ट परिभाषित हुनुपर्ने उनी बताउँछन्। उनले ठूल्ठूला कारोबारको लेनदेन सिङ्गापुर, हङकङ र यूएईमा हुने गरेकाले प्रमाण सङ्कलनमा समस्या पर्ने गरेको खुलासा गरेका छन्।

उनले अनुचित लेनदेनको कुरा अख्तियारले हेर्न नपाउने गरेको भन्दै यसले पनि अनुसन्धानमा असर परिरहेको उल्लेख गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *