इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री साउद जाने, विद्यार्थीलाई प्राथमिकता

डिसी नेपाल
२४ असोज २०८० १७:५९
36
Shares

काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरूलाई लिन परराष्ट्रमन्त्री एनपी साउदको टोलीसहितको विमान त्यसतर्फ पठाउने निर्णय गरेको छ ।

बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपाल आउन चाहने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्समा परराष्ट्रमन्त्रीलाई पठाउने निर्णय गरेको हो । नेपालीलाई लिन नेपाली बिमान त्यसतर्फ बुधबार राती जाने कानूनमन्त्री धनराज गुरुङले जानकारी दिए ।

नेपाल आउन चाहने मध्ये सबै भन्दा बढि विद्यार्थीहरुलाई प्राथमिकतामा राखिएको उनले बताए । बैठकले इजरायलमा रहेका नेपाली नागरिकले व्यवसायिक उडानमार्फत नेपाल आउन चाहे त्यसको भाडा नेपाल सरकारले व्यहोर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले बताए ।

इजरायलबाट नेपाल आउन चाहनेको विवरण सरकारले अनलाइन माध्यमबाट संकलन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.