एमाले सुदूरपश्चिम प्रदेश कमिटी सर्वसम्मत चयन, अध्यक्षमा कृष्णप्रसाद जैसी

डिसी नेपाल
२५ असोज २०८० १०:५१
88
Shares

धनगढी। नेकपा एमालेले अन्ततः सर्वसम्मत रुपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ।

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन्।

एमालेले प्रदेश कमिटी सदस्यहरु पनि सर्वसम्मत चयन गरेको जनाइएको छ। सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मंगलबार अध्यक्षसहित सवै पदाधिकारीमा उम्मेदवारी परेको थियो। जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीससहित वचनबहादुर सिंह, कमल तिमिल्सेना र भरत साउदले उम्मेदवारी दिएका थिए।

त्यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो। एमाले प्रदेश कमिटीको उपाध्यक्षका लागि हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालिबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए।

यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेशकुमार खाती, रतन रतनराज रेग्मी र जीवनकुमार बम रहेका थिए।

यस्तै उप सचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए। उम्मेदवारी दिनेमा महिलातर्फ भागरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने उपसचिव खुल्ला (पुरुष)तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए।

आइतबारदेखि सुरू भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्ने अवस्था नदेखिए पछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शंकर पोखरेल सोमबार दाङ गएका थिए तर मंगलबार राति सहमति हुन पुग्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.