कविता : ढाडे बिरालो
एउटा ढाडे बिरालो झम्टिरहेछ
बिरालीका बच्चा सिध्याउन
बिराली त्रसित छ
उसको मातृत्व संयमित बनाउँदै
निरन्तर ठाउँ सारिहन्छे
बच्चा जोगाउन।
ढाडे लगातार झम्टिरहेछ बच्चाहरूलाई
पशुजगतमा व्याप्त छ यो प्रवृत्ति
स्वार्थी प्राणीहरू
झम्टिरहन्छन् मातृत्वको अस्तित्व सिध्याउन।
आमा दृढ छ
उ ममताकी खानी हो
बच्चाहरूको संरक्षणमा बलिदान दिन्छे।
परन्तु चेतनशील मानव समुदायमा पनि
यस्ता ढाडे बिराला प्रशस्त भेटिन्छन्
आफ्ना दुधे बालख बाटामा अलपत्र पारेर
आमाका विवसता तोडेर, हृदय फोरेर
नितान्त आफ्नो स्वार्थको लागि
हिजो सम्म ढुकढुकी ठानिएका
सन्तानलाई त्यागेर
पशु भन्दा निकृष्ट
मानवरूपी यी ढाडे बिराला
नंग्रा तिखार्दै, दाह्रा बजाउँदै
दौडी रहन्छन् सडक सडक !!
बहुरुपी रंग देखाउँदै।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment