रिगलको आममाफीविरुद्धको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदै

डिसी नेपाल
२५ असोज २०८० १२:०६
436
Shares

काठमाडाैं। चेतन मानन्धरको हत्यामा संलग्न ‘रिगल’ भनिने योगराज ढकालकाे आममाफीविरुद्ध परेको रिट पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

रिगलविरुद्ध परेको रिट सुनुवाइका लागि बिहीबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई र कुमार रेग्मीको इजलासमा परेको छ।

चेतनकी पत्नी भारतीको रिटमाथि प्रारम्भिक सुनुवाइको क्रममा असोज १८ गते न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासले विभिन्न प्रश्न उठाउँदै विपक्षीलाई मिति र समयसमेत तोकेर लिखित जवाफ मागेको थियो

२०७२ असार २८ गते दुई समूहबीच विवाद हुँदा चेतनको हत्या भएको थियो। उक्त हत्यामा संलग्न रहेका रिगललाई २०७५ बैशाखमा जिल्ला अदालत बाँकेले जन्मकैदको सजया सुनाएको थियो।

नेपाली कांग्रेसका नेतासमेत रहेका उनलाई कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र गृहसचिव दिनेशकुमार भट्टराईको जोडबलमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरकमा गत असोज ३ गते आममाफी दिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *