इजरायलबाट बिद्यार्थी ल्याएकोमा ओलीले दिए सरकारलाई धन्यवाद

डिसी नेपाल
२६ असोज २०८० ८:३८
96
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई धन्यबाद दिएका छन्। प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी दन्द्दमा फसेका नेपालीलाई स्वदेश फर्काए पछि एमाले अध्यक्ष ओलीले धन्यवाद दिएका हुन्।

‘इजरायलमा रहेका नेपाली विद्यार्थीहरू हिजो २५३ जना नेपाल फर्केका छन्, युद्धग्रस्त क्षेत्रमा त्रासमा रहनु ज्यादै पीडादायी हुन्छ,’ ओलीले भनेका छन्, ‘नेपाली विद्यार्थीलाई काठमाडौ फर्काउन पहल गरेकोमा सरकारलाई धन्यवाद।’

परराष्ट्र मन्त्री एनपी साउद आफैं गएर गए राति २ सय ५३ जना बिद्यार्थीलाई स्वदेश ल्याएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *