कांग्रेस एकजुट भए कसैले परास्त गर्न सक्दैन : नेता कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेस एकजुट भए कसैले परास्त गर्न नसक्ने बताएका छन् ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ६ काठमाडौंले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले कांग्रेस अहिले पनि बलियो रहेको र कांग्रेस एकजुट भए सबै दलहरु एकजुट भएपनि कसैले परास्त गर्न नसक्ने बताएका हुन् ।
उनले कांग्रेसका समर्थक र शुभेच्छुकहरुले माया गरेका कारण आफु अहिलेको स्थानमा आएको भन्दै आफुले पनि सम्मान गर्ने बताए । आफुलाई भाषण गर्न नआउने र आफुले बोल्ने कुरा हृदयबाट आउने उनले बताए । कोइरालाले जनतालाई छुने गरी दीर्घकालीन योजना बनाएर कांग्रेस अघि बढ्नुपर्ने धारणा राखे ।
त्यस्तै कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाले राज्यसंयन्त्रकोे मूल्याङ्कन गर्दा संविधानले परिकल्पना गरेअनुसार काम गर्न नसकेको बताए । कांग्रेसभित्र सुधार गरेर एकताबद्ध भए अहिले पनि कांग्रेसजस्तो भरपर्दो र विश्वासिलो पार्टी अरु कुनै नरहेको उनले बताए ।
पार्टीभित्र सबैतिर पुनरावलोकनको आवश्यता रहको र अर्कोलाई खोटमात्र देखेर नभई आफुलाई नै सुधारेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।







डिसी नेपाल








Facebook Comment