भाषा जाेगाउनका लागि भक्तपुरबाट काठमाडाैं र ललितपुरसम्मकाे साइकल र्याली
भक्तपुर। भक्तपुरको ल्यसिंख्यमा आगामी कार्तिक ९ र १० गते हुने ४३ औं नेपाल भाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रमको प्रचारार्थ साइकल र्याली आज विहानबाट सुरु भएको छ।
र्याली भक्तपुरबाट काठमाडौं र ललितपुरका विभिन्न सहरहरुको परिक्रमा गरी भक्तपुर मै पुगेर टुंगिने छ।
नेपालभाषा साहित्यको क्षेत्रमा “जनता म्वाःसा भाषा म्वाइ” (जनता रहे, भाषा रहन्छ) भन्ने नाराका साथ जनताको साहित्य र संस्कृति उत्थानको साझा प्रयासमा टेवा पुयाउने उद्वेश्यका साथ विगत ४३ वर्षदेखि नेपाल भाषा सहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम र अन्य गतिविधिहरू भक्तपुरका विभिन्न स्थानहरूमा बर्सेनी हुँदै आएको छ। सोही अनुरुप यसवर्ष ४३ औं नेपाल भाषा साहित्य सम्मेलन तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भनपा-५ ल्यासिंख्य टोलमा आउँंदो कार्तिक ९ र १० गते बिहान ११ बजेदेखि दुई दिवसीय रूपमा हुन गइरहेको हो । त्यसैको प्रचारार्थ रयाली निकालिएको हो।
साइकल र्याली बिहान ६ बजेबाट सुरु भएको छ। रयाली सुरु हुनु अघि बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले रिवन काटेर उदघाटन गरेका थिए। त्यस अवसरमा उनले तमुज्याका विविध विषयमा कुरा राखेका थिए।
साइकल यात्रा सुरुवात यस पटकको तःमुंज्या आयोजना हुने स्थान ल्यसिंख्यबाट भएको हो। र्याली मार्ग (जम्मा दुरी ४० कि.मी) को रहने छ। रयाली भक्तपुरको तःमुंज्या ग्वसाखलः (ल्यसिंख्य) बाट सुरू भई जगाती, च्यामासिंह, दत्तात्रय, गोल्मढी, सुकुलढोका, तःमारी, नासमना, भार्वाचो, च्वङा गणेश हुँंदै भक्तपुरको मध्यपुर थिमिको राधे राधे पुग्नेछ। त्यहाँंबाट पुनः मध्यपुर थिमिकै शंखधर चोक, बालकुमारी, बहाखा बजार, सानोथिमी, पेप्सीकोला, जडीबुटी हुँंदै काठमाडौंको कोटेश्वर पुग्ने छ। त्यहाँंबाट तीनकुने, बानेश्वर, माइतीघर, भद्रकाली, शहीदगेट, न्युरोड गेट, बसन्तपुर, मरू, जैसीदेवल, लगन, भोटेबहाल, टेकु, त्रिपुरेश्वर थापाथली हुँंदै ललितपुरको कुपण्डोल पुग्ने छ।
त्यहाँंबाट पाटन ध्वाका, न्याखचुक पुगी नेवाः समयबजी (खाजा) कार्यक्रम हुनेछ । न्याखचुकबाट पाटन, बंगलामुखी, स्वथा, मंगलबजार, सौगल, ग्वार्को, इमाडोल, सिद्धिपुर, लुभु, हुँदै भक्तपुरको सूर्यविनायक नगरपालिका सिरूटार पुग्ने छ। त्यहाबाट चित्रपुर, गाम्चा, पाण्डुबजार, सुर्यविनायक, राममन्दिर, गःहिती हुँदै ल्यसिंख्य नै पुगी समापन हुनेछ । साइकल रयालीमा सहभागी हुने इच्छुकले २०० रूपैयाँको अनलाइन फारम भर्नुपर्ने थियो।
गोर्खा इको प्यानलले प्रायोजन गरेको सो साइकल यात्राका लागि प्राविधिक सहयोग जुजु बाइक्सले गर्ने र त्यसैगरी सहयोगी संस्था साइकल कनेक्ट भक्तपुर हुने तःमुंज्याका आयोजकले जानकारी दिएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment