रचना रिमाल र राजन बरालको “माया सिम्ले छौ कि जल्किनी” गीतको म्युजिक भिडियो सार्वजनिक
काठमाडौं। लोकप्रिय गायिका रचना रिमाल र गायक राजन बरालको स्वरमा रहेको लोक आधुनिक गीत “माया सिम्ले छौ कि जल्किनी” बडा दशैं २०८० को फूलपातीका दिन सार्वजनिक भएको छ।
डा. खगराज बराल (श्रमिक) को शब्दमा रहेको यस गीतको संगीतमा राजन बराल, संगीत संयोजन र गितारमा मनोहर सुनाम, सारंगीमा हेमन्त कान्छा रसाइली, बाँसुरीमा गोपाल देव, रिदममा भरत बुढाथोकी छन्।
मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.ले निर्माण गरेको यस म्युजिक भिडियोमा श्याम ढकालको निर्देशन रहेको छ। नगरकोट र साँखुको प्राकृतिक दृश्यमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोको छायाङ्कन कृष्ण महराले गरेका छन्।
युवा वयका दुई मायालु जोडीबीच पिरतीले भरिएको यस म्युजिक भिडियोमा नव उदीयमान कलाकार सन्तोषकुमार दाहाल र देवी त्रिपाठीको अभिनय रहेको छ। यो म्युजिक भिडियो मुनलाइट इन्टरनेसनल मिडिया प्रा.लि.को अफिसियल युट्युब च्यानल मुनलाइट मिडिया @moonlightmedia3548 बाट सार्वजनिक भएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment