मिसेस नेपाल वर्ल्ड  २०२३ का प्रतियोगीलाई समावेश भएकाे दशैं गीतको म्युजिक भिडियो सार्वजनिक

डिसी नेपाल
५ कार्तिक २०८० १३:४९
492
Shares

काठमाडौं। वडा दशैंको अवसर पारेर मिसेस नेपाल वर्ल्ड  २०२३ का प्रतियोगीहरुलाई समावेश गरी दशैं गीतको म्युजिक भिडियो तयार पारी सार्वजनिक गरिएको छ।

सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलोपटक प्रतियोगीहरुलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको हो। मंगलम् बोलको भक्ति गीत दुर्गा माताको आरधनमा आधारित छ।

भक्ति गीतको म्युजिक भिडियोमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ। आठ मिनेट लामो दुर्गा आरधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, संगीत सिर्जना र संयोजन राजेन्द्र बजगाई, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियार तथा बाद्यवदन भुवन गन्धर्भ, सञ्जिव बराईली र हेमन्त कान्छा रसाइलीको रहेको छ।

सन्दीप भुजेलको कोरीयोग्रफी र निर्देशनमा तयार भएको भक्ति संगीतको म्युजिक भिडियोमा छायांकन ओम प्रसाइ, कन्सेप्ट र स्क्रिप्टिङ अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ। गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.