टिजर सार्वजनिक गर्दै वेब सिरिज ‘कैँची’को निर्माण घोषणा
काठमाडाैं। वेब सिरिज ‘कैँची’को निर्माण घोषणा गरिएको छ। बडादशैंको अवसर पारेर एक टिजर सार्वजनिक गर्दै वेब सिरिजको औपचारिक रुपमा निर्माण घोषणा गरिएको हो।
मधेशको सेटअपमा खिचिएको सार्वजनिक टिजरमा अभिनेता कामेश्वर चौरासिया, अभिनेत्री काजल कर्ण, रियाज आचार्य र दिपक आरजेलाई स्थान दिइएको छ। सत्य घटनाबाट प्रभावित कथामा निर्माण हुने वेब सिरिजमा पारिवारिक सम्बन्ध र त्यसले ल्याउने कलहलाई पर्दामा ल्याउने जमर्को निर्माण टिमले गरेको छ।
बिशेषगरी नेपालको तराई क्षेत्रमा घट्ने विभिन्न घटनामा यो रिलिज बन्ने छ। कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया आफैले लेखेका हुन्। पटकथा तथा संवाद लेखनमा भने उनलाई निर्देशक नरेशनाथ योगी किङ योगीले सघाएका छन् । यो सिरिजको निर्देशन पनि नरेश आफैले गर्दैछन्।
बड्डी इन्टरटेनमेन्ट र ढाका टोपी फिल्मस्को व्यानरमा निर्माण हुने सिरिजमा समिर खरेल र दिपक आरजे निर्माताको रुपमा रहेका छन्। मित्र डि गुरुङको सम्पाद, राजेन्द्र मोक्तानको कलर, मनिष भट्टको मुख्य सहायक निर्देशन, शैलेस श्रेष्डको ब्याकग्रराउण्ड म्युजिक, कबिन खड्काको मेकअप, निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment