सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामालाई उपाधि

डिसी नेपाल
१० कार्तिक २०८० १७:०१
116
Shares

काठमाडौं। सौन्दर्य प्रतियोगिता ‘एन प्लस प्रोफेशनल मिस एण्ड मिसेस ग्लोरियस ब्युटिशियन नेपाल २०२३’को उपाधि सुश्री क्रिस्मा कुँवर र श्रीमती सोलिना लामाले जितेका छन्।

करुणाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टरसँगको सहकार्यमा एभरेष्ट इभेण्ट्सद्वारा आयोजित प्रतियोगिताको ‘मिस’ र ‘मिसेस’ विधामा क्रिस्मा र श्रीमती सोलिनाले शीर्ष उपाधि हात पार्दा ‘मिस’ तर्फ अरुणा पुरी तथा ‘मिसेस’ तर्फ श्रीमती प्रिना राई गुरुङ फस्ट रनर अप भए। यस्तै ‘मिस’ तर्फ विनिता खड्का र ‘मिसेस’ तर्फ श्रीमती झरना काफ्ले सेकेण्ड रनर अप भए।

प्रतियोगिता अन्तर्गत ब्राण्ड एम्बेसडरतर्फ ‘मिस’ तर्फ कृतिका गिरी र ‘मिसेस’ तर्फ श्रीमती संगम शर्मा विजयी हुँदा आयोजक छनोटतर्फ क्रान्ति घिमिरे उत्कृष्ट बने । जसमा सरिता पत्र वंशले ‘ब्युटी बिथ ब्रेन’को उपाधि जितिन्।

प्रतियोगिताका शिर्ष टाईटल विजेताहरुले ५० हजार नगदसहित एन प्लस प्रोफेसनलबाट गिफ्ट ह्याम्पर जिते भने अन्तराष्टिय प्लेटफर्ममा सहभागी हुने अवसरसँगै एभरेष्ट फिल्म एकेडेमीमा १ लाख बराबरको अध्ययन छात्रवृत्ति प्राप्त गरे।

आयोजक संस्थाका प्रमुख कृष्ण श्रेष्ठ (रोविन) का अनुसार सेकेण्ड रनर अपसम्मका विजेताले सिटिईभिटी स्कूल अफ ब्यूटिसियनबाट १२ हजारको एक हप्ते कपाल र छाला मास्टर क्लास निशुल्क लिन पाउनेछन्। त्यस्तै इटालवाक्स प्रोफेशनल कस्मेटिक्स र पाईसी कस्मेटिक्सबाट उपहारहरू प्राप्त गर्नेछन्।

विजेताहरुलाई नेपाल एयरहोस्टेस एकेडेमीमा छात्रवृत्ति साथै म्यागाजिन तथा पत्रिकामा फिचर्ड गरिनुका साथै विज्ञापन, म्युजिक भिडियो तथा सर्ट फिल्ममा अवसर दिइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *