गजल : बद्लिएको को ?

बालकुमारी घिमिरे गजलिका
११ कार्तिक २०८० ७:३१
24
Shares

दुरुस्तै छन् सबै राँटा बुझूँ के बद्लिएको हो
तिमी भन्छौ हलो फाली र दाँदे बद्लिएको हो

छ आदत एउटै उसको जो मान्छे बद्लिएको हो
समयले बद्लिएको हो कि केले बद्लिएको हो

छन् अम्खोरा समाएका पुरानैले अझैसम्म
तिमी भन्थ्यौ हिजो मात्र त्यो भान्से बद्लिएको हो

बोल्यौ बोली फरक धेरै विगतका सब कुरा बिर्सी
भने हुन्छ प्रिये आजै रहर जे बद्लिएको हो

बनेका छन् तिनै बोक्सी तिनै झाँक्री यहाँ केवल
सहज पार्न सबै कर्म धुपौरे बद्लिएको हो

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *