इजरायली सेनाले भन्यो- गाजाबाट बन्धक महिला सैनिकलाई मुक्त गरियो

डिसी नेपाल
१४ कार्तिक २०८० १५:२४
156
Shares

काठमाडौं । इजरायल डिफेन्स फोर्स (आइडीएफ) र इजरायल सुरक्षा एजेन्सी (आइएसए) ले एक संयुक्त विज्ञप्ति जारी गरी गाजाबाट एक महिला इजरायली सिपाहीलाई मुक्त गरेको बताएको छ।

उनीहरूले गाजामा आइडीएफ ग्राउन्ड अपरेशनका क्रममा महिला सैनिक निजी ओरी मगिदिशलाई मुक्त गरिएको बताए। उनलाई हमासले अक्टोबर ७ मा बन्धक बनाएको थियो ।

विज्ञप्तिमा महिला सैनिक ठिक रहेको र उनीहरूले आफ्ना परिवारलाई पनि भेटेको पनि उल्लेख गरिएको छ । आइडीएफ र आपएसए ले बन्धकहरूलाई मुक्त गर्न हरसम्भव प्रयास गर्ने बताए।

यसै क्रममा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ट्वीट गर्दै भनेका छन्, ‘तिमीलाई स्वागत छ ।’ नेतान्याहुले सैनिकको रिहाइले बन्धकहरूलाई मुक्त गर्न इजरायलको प्रतिबद्धता देखाएको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *