बंगलादेशमा कपडा मजदुरहरूको हडताल, हिंसामा दुई जनाको मृत्यु
काठमाडौं । बंगलादेशको गार्मेन्ट कारखानामा काम गर्ने हजारौं कामदारले विरोध प्रदर्शन गरिरहेका छन् । यी कामदारहरू पश्चिमी देशका प्रमुख ब्रान्डका कपडा बनाउने कारखानामा काम गर्छन्।
ज्याला वृद्धिको माग गर्दै राजधानी ढाकामा आन्दोलनरत मजदुरले सडक अवरुद्ध गरेका छन् । त्यहाँका कपडा कारखानामा पनि तोडफोड भएको खबर आएको छ ।
ढाकाको बाहिरी भागमा रहेको औद्योगिक क्षेत्रमा भेला भएका आन्दोलनकारी मजदुरहरूलाई नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। सोमबारदेखि सुरु भएको आन्दोलनमा दुई मजदुरको मृत्यु भएको छ ।
आकासिएको महंगीले राम्ररी बाँच्न नसकेको भन्दै मजदुर आन्दोलनमा उत्रिएको ट्रेड युनियन नेताहरुको भनाइ छ ।
बंगलादेशका यी कपडा कारखानाहरूमा काम गर्ने कामदारहरूको औसत मासिक तलब लगभग ७५ डलर छ। ट्रेड युनियनहरू यो न्यूनतम ज्याला २०८ डलरमा वृद्धि गर्न चाहन्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment