न्यूजिल्याण्डमा ज्वालामुखीमा २२ जनाको मृत्यु भएपछि ट्राभल कम्पनी दोषी ठहर, भारी जरिवाना तिर्नुपर्ने
काठमाडौं । चार वर्षअघि न्युजिल्यान्डको ह्वाइट आइल्याण्ड नामक टापुमा ज्वालामुखी विष्फोटका कारण २२ जनाको मृत्यु भएको घटनामा न्युजिल्याण्डको एक कम्पनीलाई दोषी ठहर गरिएको छ ।
वकारी म्यानेजमेन्ट लिमिटेड नामको यो कम्पनीलाई वर्कसेफ न्युजिल्यान्ड नामक नियामक निकायले १५ लाख न्युजिल्यान्ड डलर अर्थात ११.६ करोड रुपैयाँ जरिवाना गरेको छ ।
न्यायाधीश इभान्जेलोस थोमसले उक्त टापुमा यात्राहरू आयोजना गर्न अधिकृत कम्पनीको आलोचना गर्दै दुर्घटनालाई ‘चरम असफलता’ भएको बताए। नियामकले गरेको यो कारबाही न्यूजिल्याण्डको इतिहासमा सबैभन्दा ठूलो मुद्दा हो।
यो दुर्घटना डिसेम्बर २०१९ मा भएको थियो। मृत्यु हुनेमा १७ जना अष्ट्रेलियाका थिए भने तीन जना अमेरिकी नागरिक थिए । सो यात्रामा रहेका बाँकी २५ यात्रु घाइते भएका थिए ।
वास्तवमा, यो विष्फोट हुनुभन्दा केही साताअघि त्यो ज्वालामुखीमा भौगोलिक गतिविधि बढेको थियो। यो देशको सबैभन्दा सक्रिय ज्वालामुखी हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment