इजरायलसँगको कूटनीतिक सम्बन्ध तोड्ने बोलिभियाको घोषणा

डिसी नेपाल
१५ कार्तिक २०८० १५:०४
204
Shares

काठमाडौं । ल्याटिन अमेरिकी देश बोलिभियाले इजरायलले गाजामा गरेको सैन्य कारबाहीलाई ध्यानमा राख्दै कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेको छ ।

उप विदेशमन्त्री फ्रेडी मामानीले इजरायलको कदमलाई ‘आक्रामक र असंगत’ भनेका छन्।

यस द्वन्द्वका कारण इजरायलसँगको सम्बन्ध अन्त्य गर्ने घोषणा गर्ने ल्याटिन अमेरिकाको पहिलो राष्ट्र बोलिभिया हो। यो देशले युद्धविरामको लागि अपील गरेको थियो र गाजामा मानवीय सहायता पठाउने बताएको थियो।

बोलिभियाले गाजा पट्टीलाई लिएर इजरायलसँगको सम्बन्ध तोडेको छ। झण्डै एक दशकसम्म इजरायलसँगको सम्बन्ध तोडिएपछि सन् २०१९ मा मात्रै यी दुईबीचको कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *