गाजामा मोबाइल र इन्टरनेट पूर्ण रूपमा बन्द, मानिसहरू यसरी बाहिरी दुनियाँसँग सम्पर्क गरिरहेछन्
काठमाडौं । गाजामा मोबाइल र इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको छ। बीबीसीका गाजा संवाददाता रश्दी अबुआलोफले यसको पुष्टि गरेका छन् ।
गाजाका केही मोबाइल फोनहरूले इजरायलका मोबाइल टावरहरूबाट सङ्केतहरू प्राप्त गरिरहेको उनको भनाइ छ। इजरायली वा अन्तर्राष्ट्रिय सिम कार्ड प्रयोग गरेर बाहिरी संसारसँग सम्पर्क गर्न सकिन्छ।
प्यालेस्टिनी समाचार संस्थाहरू र हमासले टेलिग्राममा गाजामा सञ्चारका सबै साधनहरू ठप्प भएको जानकारी दिएका छन्।
गाजाको सबैभन्दा ठूलो सेवा प्रदायक पाल्टेलले केही घण्टा अघि यहाँ ‘सञ्चार पूर्ण रूपमा ठप्प भएको’ जानकारी दिएको थियो।
हमासले अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेको थियो । त्यसयता इजरायली सेनाले गाजामा लगातार कारबाही गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment