बन्धकहरुको रिहाईका लागि थाइल्याण्डले हमाससँग प्रत्यक्ष वार्ता सुरु गर्यो
काठमाडौं । थाई अधिकारीहरूले आफ्ना नागरिकको रिहाइका लागि हमाससँग प्रत्यक्ष वार्ता गरिरहेको बताएका छन्।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको हमलापछि धेरै थाइल्याण्डका नागरिक बेपत्ता भएका र कम्तीमा १९ थाई कृषि मजदुर हमासले बन्धक बनाएको विश्वास गरिएको छ ।
इजरायलमा २५ हजार भन्दा बढी कामदारहरू खेत र बगैंचामा काम गर्छन्।
थाइल्यान्डको वार्ता मिसनका प्रमुख अरिपान उत्रासीले अक्टोबर २६ मा तेहरानमा हमासका प्रतिनिधिहरूसँग भेट गरेका थिए, जहाँ उनले “ठीक समयमा” रिहा हुने आश्वासन पाएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment