गीत : धारा खोलेर…

सुरेश राई
१९ कार्तिक २०८० १४:१४
168
Shares

अरुकोही मान्छेहरुले सुन्ला भनेर
बाथरुमभित्र हत्तपत्त ढोका थुनेर
के रोएका छौं कहिले धारा खोलेर ?

आधा संसार आँसु नै हो,रोए मन पखालिन्छ
यदि रुनु ठीक हो भने,आँसु किन लुकाइन्छ ?
छातिभित्र पलपलको प्रेम दुखेर
देब्रे हातको हत्केलाले मुख छोपेर
के रोएका छौं कहिले धारा खोलेर ?

गुमाउने र हार्नेहरुको ,आँसु लाज भइदिन्छ
उसो भए खुसी हुँदा मान्छे किन रोइदिन्छ?

जित्नु पर्ने खेलहरु हारी पठाएर
मनभरीका बिस्फोटहरु मनमै थामेर
के रोएका छौं कहिले धारा खोलेर?


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *