अभिनेत्री दिपाशा बिसीको निधन
काठमाडौं। अभिनेत्री दिपाशा बिसीको निधन भएको छ । स्वास्थ्यमा समस्या भएपछि अस्पताल भर्ना भएकी उनको बिहीबार उपचारकै क्रममा मृत्यु भएको हो।
स्वास्थ्यमा समस्या भएपछि २८ वर्षीया अभिनेत्री बिसी बुधबार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी थिइन्। तर, बिहीबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरेको हो।
२०६८ सालमा फिल्म ‘दुलही रानी’बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी उनले बिरानो माया, चाल, दुलही रानी र झेली फिल्ममा अभिनय गरेकी छिन् । उनी ‘जलपरी’ नामले समेत मोडलिङ र फिल्ममा परिचित थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment