अस्ट्रेलियामा गोही प्रभावित क्षेत्रमा माछा मार्न गएका पूर्व रेडियो प्रस्तोता बेपत्ता, खोजी जारी

डिसी नेपाल
२८ कार्तिक २०८० १३:४७
220
Shares

काठमाडौं । पूर्व रेडियो प्रस्तोता रोमन बुचास्की उत्तरी अष्ट्रेलियाको गोहीले आक्रान्त नदीमा एक्लै माछा मार्न गएको दुई दिनदेखि बेपत्ता भएका छन् ।

उनलाई खोज्ने प्रयास सुरु भएको छ । उनी गोहीको शिकार भएको हुनसक्ने आशंका गरिएको छ । आइतबार उनी क्याम्पिङ ग्राउन्डमा नपुगेपछि उनलाई खोज्ने प्रयास सुरु भएको थियो।

यद्यपि उनका केही सामानहरू क्वीन्सल्याण्ड राज्यको दुर्गम केप योर्क प्रायद्वीपमा रहेको ओलिभ नदी नजिक फेला परेको थियो।

बुचास्की बल्छीका साथ माछा मार्ने काममा माहिर थिए। उनी सिड्नी रेडियो स्टेशन ‘२ जीबी’ को माछा मार्ने कार्यक्रमको पूर्व होस्ट थिए।

त्यहाँ उनका सह-होस्ट गेभिन पिचफोर्डले बुटचास्की प्रायः त्यो खोलाको छेउमा माछा मार्न जाने गरेको बताए।

अष्ट्रेलियाको त्यो क्षेत्रमा धेरै गोहीहरू छन्। यद्यपि, तिनीहरूको आक्रमणको रिपोर्ट सामान्य छैन। यो वर्ष यस्ता धेरै समाचार आएका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *