कुकुरका कारण एयरपोर्टमा अवतरण गर्न नसकेपछि विमान फर्कियो

डिसी नेपाल
२८ कार्तिक २०८० १६:२४
936
Shares

काठमाडौं । गोवाको दाबोलिम एयरपोर्टमा एउटा अनौठो घटना भएको छ । यहाँको धावनमार्गमा रहेको कुकुरका कारण विमान अवतरण गर्न नसकेर बेंगलुरु फर्किनुपरेको थियो ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो विमान ‘विस्तारा’ को थियो।

पीटीआईले मंगलबार एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि विमान अवतरण हुनु अघि एयर ट्राफिक कन्ट्रोलरले रनवेमा आवारा कुकुर देखे।

अधिकारीले भने कि पाइलटलाई विमानलाई केही समय हावामा राख्न भनिएको थियो तर उनले बेंगलुरु फर्कनु राम्रो ठाने।

अधिकारीका अनुसार यो घटना सोमबार भएको हो । गोवाको यो एयरपोर्ट नौसेनाको आईएनएस हंस बेसको हिस्सा हो।

पीटीआईले स्रोतलाई उद्धृत गर्दै भनेको छ कि उडान नम्बर यूके ८८१ बेंगलुरुबाट दिउँसो १२.५५ मा उडेको थियो र दिउँसो ३:०५ मा फर्किएको थियो।

विस्ताराले सोसल मिडिया प्लेटफर्म एक्समा पनि यो जानकारी दिएको छ । गोवाका अधिकारीहरूले हवाई पट्टीमा कुकुर आउने घटना विरलै हुने गरेको बताए । त्यसलगत्तै ग्राउन्ड स्टाफले धावनमार्ग सफा गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *