रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाकाे अवस्था गम्भीर

डिसी नेपाल
४ मंसिर २०८० ११:५४
76
Shares

काठमाडाैं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।

अस्पतालका प्रशासन प्रमुख दिलबहादुर गिरीका अनुसार चौरजहारी नगरपालिका-१३ कि बालिका डिला विष्ट र सानोभेरी नगरपालिका-१ का बालक प्रतिक बुढालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेतको प्रदेश अस्पताल पठाइएको हो। दुबैको अवस्था गम्भीर छ।

यस्तै चौरजहारी-१४ का २४ वर्षीय प्रेम परियार, २६ वर्षीया कविता परियार, चौरजहारी-१० का प्रविन पुनमगर, चौरजहारी-११ का ३० वर्षीय रणबहादुर वली र मस्तबहादुर वलीलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ। ‘हेलिकप्टरको प्रतिक्षामा छौं, यहाँ उपचार संभव नभएपछि उहाँहरुलाई रेफर गरिएको हो,’ गिरीले भने।

उनका अनुसार चौरजहारी-१३ कि २३ वर्षीया निशा वली, १६ वर्षीय नवीन केसी, ३७ वर्षीय भिमबहादुर विक, चौरजहारी-१० का २५ वर्षीय दिपेन्द्र बुढा, चार वर्षीया निर्मला विष्ट, दिपशिखा पुन, रमेश बुढा, २० वर्षीया रेखा डाँगी, २५ वर्षीय मस्तबहादुर वलीको मिसन अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सानोभेरी-२ का ४ वर्षीया मुकुनराज पुनमगर, नवीना पुनमगर, २१ वर्षीया सपना बुढा, २० वर्षीया सीता पुन, २८ वर्षीया झरना रोकायको पनि मिसन अस्पतालमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *