रुकुम पश्चिममा जिप दुर्घटना : सात जनाकाे अवस्था गम्भीर

डिसी नेपाल
४ मंसिर २०८० ११:५४

काठमाडाैं। रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ गैरीज्यूलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते सात जनालाई चौरजहारी मिसन अस्पतालले सुर्खेत रेफर गरेको छ।

अस्पतालका प्रशासन प्रमुख दिलबहादुर गिरीका अनुसार चौरजहारी नगरपालिका-१३ कि बालिका डिला विष्ट र सानोभेरी नगरपालिका-१ का बालक प्रतिक बुढालाई थप उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेतको प्रदेश अस्पताल पठाइएको हो। दुबैको अवस्था गम्भीर छ।

यस्तै चौरजहारी-१४ का २४ वर्षीय प्रेम परियार, २६ वर्षीया कविता परियार, चौरजहारी-१० का प्रविन पुनमगर, चौरजहारी-११ का ३० वर्षीय रणबहादुर वली र मस्तबहादुर वलीलाई थप उपचारका लागि नेपालगञ्ज पठाउने तयारी भइरहेको छ। ‘हेलिकप्टरको प्रतिक्षामा छौं, यहाँ उपचार संभव नभएपछि उहाँहरुलाई रेफर गरिएको हो,’ गिरीले भने।

उनका अनुसार चौरजहारी-१३ कि २३ वर्षीया निशा वली, १६ वर्षीय नवीन केसी, ३७ वर्षीय भिमबहादुर विक, चौरजहारी-१० का २५ वर्षीय दिपेन्द्र बुढा, चार वर्षीया निर्मला विष्ट, दिपशिखा पुन, रमेश बुढा, २० वर्षीया रेखा डाँगी, २५ वर्षीय मस्तबहादुर वलीको मिसन अस्पतालमा उपचार भइरहेको छ।

यस्तै सानोभेरी-२ का ४ वर्षीया मुकुनराज पुनमगर, नवीना पुनमगर, २१ वर्षीया सपना बुढा, २० वर्षीया सीता पुन, २८ वर्षीया झरना रोकायको पनि मिसन अस्पतालमा उपचार भइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *