सामाजिक सञ्जालमा एउटा तस्विरलाई लिएर विवाद भएपछि १८ वर्षीया युवतीको गोली हानी हत्या

डिसी नेपाल
१३ मंसिर २०८० १२:२०
1.4k
Shares

काठमाडौं । छिमेकी राष्ट्र पाकिस्तानबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ एक १८ वर्षीया युवतीको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि उनको हत्या गरिएको छ ।

गाउँका सरपंचले उनको हत्याको आदेश दिएपछि गोली हानिएको थियो । हाल प्रहरीले यस घटनाको अनुसन्धान गरिरहेको छ ।

यो घटना अफगानिस्तानको सीमासँग जोडिएको कोलाई-पलास जिल्लामा भएको हो। स्थानीय भाषामा ‘जिर्गा’ भनिने एल्डरहरूको समूहले दुई युवतीको हत्या गर्न आदेश दिएको प्रहरीले जनाएको छ । प्रहरीले युवतीका आफन्तमाथि पनि शंका गरेको छ ।

कोलाई-पलास जिल्लाका डीएसपी मसूद खानले केही व्यक्तिले यी दुई युवतीको तस्बिर सामाजिक सञ्जालमा अपलोड गरेको बताए। त्यसपछि गाउँलेहरूले दुवै युवतीको हत्याको आदेश दिए । एकजनालाई गोली हानिएको छ भने अर्कीलाई प्रहरीले बचाएको छ ।

यस क्षेत्रमा महिलाको तस्बिर सार्वजनिक गर्न निषेध गरिएको उनले बताए । घटनाबारे अनुसन्धान भइरहेको खानले बताए । युवतीको हत्यामा उनका केही पुरुष आफन्त पनि संलग्न रहेको आशंका गरिएको छ ।

खैबर पख्तुनख्वा प्रान्तका कार्यवाहक मुख्यमन्त्री सैयद इरशाद हुसैन शाहले अपराधीहरूलाई पक्राउ गर्न प्रहरीलाई आदेश दिइएको बताए।

पाकिस्तानमा हरेक वर्ष सयौं मुस्लिम महिलाहरू अनर किलिंगको सिकार हुने मानवअधिकार संगठनहरूको दाबी छ। कडा कानुन भए पनि यस्ता हत्या रोकिएका छैनन् । सामान्यतया, केटी र महिलाहरुको अन्य समुदायमा विवाह वा धार्मिक र सांस्कृतिक मूल्यहरुको उल्लङ्घनको लागि हत्या गरिन्छ।

गत वर्ष सामाजिक सञ्जाल स्टार कन्दिल बलोचको हत्यामा संलग्न भाइलाई अदालतले सफाइ दिएको थियो । कन्दिल बलोचको सन् २०१६ मा हत्या भएको थियो । यो घटनाले अनर किलिंग सम्बन्धी कानूनमा परिवर्तन गर्न बाध्य बनायो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *