गीत : पिएका दिनहरुको कुरा नगर्नू….

सुरेश राई
१६ मंसिर २०८० ७:१६
136
Shares

मैले पिएर कमाएका बदनामीहरु
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरुको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ

हरेक घाम झुल्केको सम्झना आउँछ
अस्ताएको घामको कुनै याद आउँदैन
छिरेका ढोकाहरुको सबै हिसाब किताब छन्
निस्किएका गल्लीहरुको झझल्कै आउँदैन
मैले पिएर कमाएका बदनामीहरु….

लाज सरम भनेको सम्झना आउँछ
लाज सरम भएको कुनै याद आउँदैन
तिम्रो दिल दुखाएको हजार किस्सा छन्
तिम्रो आँसु पुछिदिएको सम्झनै आउँदैन
मैले पिएर कमाएका बदनामीहरु…..

मैले पिएर कमाएका बदनामीहरु
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरुको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.