गीत : पिएका दिनहरुको कुरा नगर्नू….
मैले पिएर कमाएका बदनामीहरु
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरुको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ
हरेक घाम झुल्केको सम्झना आउँछ
अस्ताएको घामको कुनै याद आउँदैन
छिरेका ढोकाहरुको सबै हिसाब किताब छन्
निस्किएका गल्लीहरुको झझल्कै आउँदैन
मैले पिएर कमाएका बदनामीहरु….
लाज सरम भनेको सम्झना आउँछ
लाज सरम भएको कुनै याद आउँदैन
तिम्रो दिल दुखाएको हजार किस्सा छन्
तिम्रो आँसु पुछिदिएको सम्झनै आउँदैन
मैले पिएर कमाएका बदनामीहरु…..
मैले पिएर कमाएका बदनामीहरु
अब पिउन छाडेर मेटाउँदै जानेछु
तिमी मैले पिएका दिनहरुको कुरा नगर्नू
म फेरि कहिले पिउने सपना देख्दिनँ
No ads found for this position
प्रतिक्रिया


Facebook Comment