मिसावट गरिएको आयुर्वेदिक औषधिले ५ जनाको ज्यान लियो
काठमाडौं । गुजरात प्रहरीले संदिग्ध रूपमा मिसावट आयुर्वेदिक सिरप पिएपछि पछिल्ला दुई दिनमा कम्तिमा पाँच जनाको मृत्यु भएको बताएको छ। योसँगै दुई जनालाई अस्पताल लगिएको छ ।
खेडा जिल्लाको एक पसलले कलमेघासव–अश्वरिष्ट नामक आयुर्वेदिक सिरप करिब ५० जनालाई बिक्री गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
यो घटना नाडियाद शहरको एउटा गाउँसँग सम्बन्धित छ।
खेडाका प्रहरी उपरीक्षक राजेश गढियाले गाउँलेको रगत परीक्षणमा उक्त सिरपमा मिथाइल अल्कोहल मिसाइएको प्रष्ट भएको बताए ।
उनले भने, “विगत दुई दिनमा सिरप पिएर पाँच जनाको मृत्यु भएको छ। दुई जनाको उपचार भइरहेको छ। हामीले एक पसलेसहित तीन जनालाई नियन्त्रणमा लिएका छौँ ।”
मिथाइल अल्कोहल एक विषाक्त पदार्थ हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment