पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले पार्टीको अध्यक्षता त्यागे, नयाँ अध्यक्ष ब्यारिस्टर गौहर अली खान

डिसी नेपाल
१६ मंसिर २०८० १४:४२
64
Shares

काठमाडौं । पाकिस्तान तहरीक–ए–इन्साफ पार्टीको नयाँ अध्यक्षमा ब्यारिस्टर गौहर अली खान निर्विरोध निर्वाचित भएका छन् ।

उनलाई जेलमा रहेका पाकिस्तानका पूर्व प्रधानमन्त्री तथा पार्टीका पूर्व अध्यक्ष इमरान खानले मनोनयन गरेका थिए । हाल इमरान खान रावलपिंडीको अदियाला जेलमा छन् ।

अध्यक्षमा निर्वाचित भएपछि गौहर अली खानले भने, ‘म पदमा रहेसम्म इमरान खानको प्रतिनिधित्व गर्नेछु ।’

उनले इमरान खान आजीवन पीटीआईको अध्यक्ष थिए, छन् र रहने बताएका छन् ।

गौहरले अध्यक्ष पद आफूसँग नासोको रूपमा रहेको र इमरान खान जेलबाट बाहिर आउनेबित्तिकै यो पद उनीसँग जाने बताएका छन् ।

पाकिस्तानमा १७५ राजनीतिक दलहरू छन्, जसले १९६० देखि पार्टी भित्र भएको चुनावको बारेमा निर्वाचन आयोगलाई जानकारी प्रदान गर्दछ।

इमरान खान लामो समयदेखि जेलमा रहेकाले यसअघि निर्वाचन आयोगले पीटीआईलाई अध्यक्ष पदका लागि निर्वाचन गराउन २० दिनको समय दिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *