फिल्म एनिमलले पहिलो दिनमै धेरै रेकर्ड तोड्यो
काठमाडौं । रणवीर कपूरको फिल्म एनिमलले अग्रिम बुकिङमा गदर २, टाइगर ३ र वारको रेकर्ड तोडेको छ ।
समाचार एजेन्सी पीटीआईका अनुसार फिल्मले रिलिजको पहिलो दिन विश्वभर बक्स अफिसमा ११६ करोड रुपैयाँ कमाएको छ ।
प्रोडक्सन हाउस टी-सिरिजले एक्समा लेख्यो ‘फिल्म एनिमल सबै रेकर्ड भत्काउन आएको हो ।’
फिल्म समालोचक तथा ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै फिल्म एनिमल पहिलो दिनकै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा तेस्रो नम्बरमा रहेको बताए ।
उनका अनुसार शाहरुख खानको जवान ६५ करोड ५० लाख रुपैयाँ कमाएर पहिलो स्थानमा, पठान ५५ करोड रुपैयाँका साथ दोस्रो स्थानमा, ५४ करोड ७५ लाख रुपैयाँका साथ एनिमल तेस्रो स्थानमा, ५३ करोड ९५ लाख रुपैयाँ कमाएर केजीएफ २ हिन्दी र चौथो स्थानमा र ५१.६० करोड रुपैयाँसहित वार पाँचौं स्थानमा छन् ।
सन्दीप रेड्डी वांगाले निर्देशन गरेको यो फिल्ममा रणवीर कपुरका अलावा अनिल कपूर, बबी देओल, रश्मिका मन्डन्ना र तृप्ती डिमरीको पनि महत्वपूर्ण भूमिका छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment