तीन दलका शीर्ष नेताबीच भेटवार्ता, एनसेल बिक्रीबारे छलफल

डिसी नेपाल
२० मंसिर २०८० २२:१५
84
Shares

काठमाडौं । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) लगायत प्रमुख सत्तारुढ गठबन्धन दलका शीर्ष नेताबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो । उनीहरूबीच एनसेल खरिदबिक्री प्रकरणबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मङ्गलबार साँझ पनि गठबन्धन दलका शीर्ष नेताहरूबीच सोही विषयमा छलफलमा छलफल भएको थियो । एनसेल खरिदबिक्री शङ्कास्पद भएको भन्दै छानबिन गर्ने सहमति जुटेको थियो ।

आज संसद्का दुई वटा संसदीय समितिमा पनि एनसेल खरिदबिक्रीबारे बहस भएको छ । लेखा समिति र अर्थ समितिमा एनसेल बिक्रीबारे छलफल भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.