पद्मप्रसाद पाण्डेय संसद सचिवालयको कार्यवाहक महासचिव
काठमाडौं। संघीय संसद सचिवालयको महासचिवको जिम्मेवारी प्रतिनिधिसभाका सचिव पद्मप्रसाद पाण्डेयलाई दिइएको छ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँगको परामर्शपछि सभामुख देवराज घिमिरेले सचिव पाण्डेयलाई महासचिवको काम गर्न तोेकेका हुन् ।
प्रशासनिक नेतृत्व नहुँदा संघीय संसद दिवसका सन्दर्भमा गर्नुपर्ने कतिपय काममा प्रभाव परेको, लोक सेवाबाट सिफारिस भएर आएका कर्मचारीको नियुक्तिलगायतमा प्रभाव परेका कारण सभामुख घिमिरेले कार्यवाहक महासचिवको जिम्मेवारी तोकेका हुन् ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment