पूर्व मिस नेपाल श्रृंखला खतिवडाले गरिन् बिहे

डिसी नेपाल
२८ मंसिर २०८० १४:३९
3.2k
Shares

काठमाडौं। पूर्व मिस नेपाल श्रृंखला खतिवडाको आज विवाह हुँदैछ। उनले सञ्चार उद्यमी सम्भव शिरोहियासँंग लगनगाँठो कस्न लागेकी हुन्।

श्रृंखला र सम्भवको विवाह समारोह होटल हायातमा चलिरहेको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर तथा भिडियोमा दुलहीको पहिरनमा सजिएकी उनी निकै आकर्षक देखिएकी छन्।

श्रंखला पूर्व स्वास्थ्य मन्त्रीसमेत रहेका एकीकृत समाजवादीका नेता विरोध खतिवडाको छोरी हुन् भने सम्भव कान्तिपुरका मालिक कैलाशका छोरा हुन्। केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले जनाको आज सामाजिक परम्परा अुनसार विवाह हुँदैछ।

विवाहमा दुवै तर्फका नजिकका आफन्त, साथीभाइ लगायतलाई निम्तो गरिएको छ। विवाह समारोहमा पूर्व मिस नेपालहरूको सहभागिता रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *