‘मनसरा’ काे पोस्टर रिलिज गर्दै रिलिज मितिको घोषणा
काठमाडाैं। दयाहाङ राई तथा मिरुना मगर अभिनित ‘मनसरा’ले पोस्टर रिलिज गर्दै आफ्नो रिलिज मितिको घोषणा गरेको छ।
निर्माण कम्पनी कबड्डी फिल्मस्ले अभिनेत्री मिरुनाको एकल पोस्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो। सिनेमा आगामी वर्षको वैशाख २१ गते रिलिज हुनेछ। ‘जारी’ निर्देशक उपेन्द्र सुब्बा यसका निर्देशक हुन्।
सिनेमामा मिरुना मनसरा पात्रको शीर्ष भूमिकामा देखिनेछिन्। सिनेमामा मिरुना र दयाका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ।
निर्देशक सुब्बाकै लेखन रहेको सिनेमाका निर्माता छायाँकार शैलेन्द्र ध्वज कार्की हुन्। यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ हुन्।
सिनेमामा निमेश श्रेष्ठको समपादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहनेछ।
त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहनेछन्। एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ।
सबैको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ सिनेमाबाट तारिफ बटुलेका सुब्बाको यो सिनेमा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने सहज अनुमान गर्न सकिन्छ।
‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो। पछिल्लो समय सिनेमाको पर्दामा सर्वाधिक रुचाइएको जोडीमा दया-मिरुना पर्छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment