राष्ट्रियसभा सदस्य निर्वाचन : आज दललाई चुनाव चिह्न प्रदान गरिँदै

डिसी नेपाल
१ पुष २०८० ७:५४
60
Shares

काठमाडौं। निर्वाचन आयोगले आउँदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ।

दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएका छन्। दर्ता भएका दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ।

दल दर्ताका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी लगायतले आवेदन दिएका थिए । आवेदन परेका दलको निवेदनमाथि आज जाँचबुझ सुुरु हुनेछ।

आउँदो फागुन २० गतेदेखि राष्ट्रियसभा सदस्यका २० वटा पद रिक्त हुँदैछ । माघ ११ गते १९ पदका लागि चुनाव हुनेछ भने एक पदमा राष्ट्रपतिले मनोनयन गर्ने संवैधानिक व्यवस्था छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.